5/04/2014

यहाँ सोचे जस्तो...

यहाँ  सोचे जस्तो, जीवन कहाँ छ ?
मेरो जस्तो तिम्रो, मन कहाँ छ ?

फक्रिएर  फूल पनि, झरी जान्छ एकदिन
सधै रहिरहने तेस्तो, यौवन कहाँ छ ?

मन्दिरको पुजारी पनि , सोधोहो आफैलाई
मैले पूजी रहने , त्यो भगवन कहाँ छ ?

किन गरछौ धनको तेति सारो घमण्ड
खर्च गर्दा नसकिने, तेस्तो धन कहाँ छ ?

बेसाहारा देख्दैछु बूढ़ा बाबुआमा सड़कमा
साहारा दिनलाई छोरा श्रवण  कहाँ छ ?


यहाँ  सोचे जस्तो, जीवन कहाँ छ ?
मेरो जस्तो तिम्रो, मन कहाँ छ ?





No comments:

Post a Comment